काठमाडौं — गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको थप सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि सो मुद्दा हेर्दा हेर्दैमा छाडिएको थियो । सोही मुद्दाको थप सुनुवाइ आज हुने भएको हो ।
गत बुधबार अर्थात् माघ ११ गते गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासमा आज शुक्रबार सुनुवाइ हुनेछ ।