नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक, तस्वीरः अध्यक्ष प्रचण्डको निजी सचिवालय


काठमाडौं — सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । बैठक प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा भएको हो ।

बैठक आगामी राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत देशको समसामयिक राजीतिक अवस्था र पार्टी एकताको विषयमा छलफल हुने कार्यालयका मुख्यसचिव श्रीराम ढकाल प्रसान्तले जानकारी दिनुभएको छ ।