फाइल तस्वीर
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहीबार हनुमानढोकास्थित नासल चोक जानुहुने भएको छ । राष्ट्रपति भण्डारी आज बिहान नासल चोकमा वसन्त श्रवण गरी मनाइने कार्यक्रममा सहभागी हुन जान लाग्नु भएको हो ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व आज बिहान १०ः४७ बजे नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ । वसन्त श्रवणमा राष्ट्रपति सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए ।

उक्त कार्यालय प्रमुख सन्दीप खनालका अनुसार वसन्त श्रवणमा उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने कार्यक्रम रहेको छ ।