उम्मेदवारी दर्ता प्रमाणप्रत्र लिंदै एमालेका उम्मेदवार दसौदी, तस्वीर रासस
काठमाडौं – राष्ट्रियसभामा रिक्त पदको लागि उम्मेदवारी आज दर्ता हुँदैछ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा आज उम्मेदवारी दर्ता गरिएको हो ।

उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा (एमाले)का कुमार दसौदीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा बुधबार उम्मेदवारी दर्ताको प्रमाणपत्र प्रदान गर्नुहुँदै मुख्य निर्वाचन अधिकृत कृपासुर कार्की ।

राष्ट्रियसभा उपनिर्वाचनका लागि लुम्बिनी प्रदेशबाट नेकपा (एमाले)का कुमार दसौदी मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङमा बुधबार उम्मेदवारी दर्ता गराउनु भएको थियो ।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि नेपाली काङ्ग्रेसले पनि उम्मेदवारी दिंदैछ एमालेका उम्मेदवारलाई सत्ता गठबन्धनको समर्थन रहनेछ ।