काठमाडौं – काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि हिजो मङ्गलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रदेश नं.१ इलामका प्रेमप्रसाद आचार्यको निधन भएको छ । शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गरेका आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालले जनाएको हो ।
आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यको शरीरको ८० प्रतिशत भाग जलेर गम्भीर घाइते अवस्थामा उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा निधन भएको अस्पतालले जनाएको छ । उनका श्रीमती र दुई छोरी छन् ।