काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले एक वर्षपछि फागुनमा महाधिवेशन गर्ने भएको छ । पार्टीको आज मङ्गलबार बसेको केन्द्रीय समिति बैठकले २०८० साल फागुन ७, ८ र ९ गते तीन दिन काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
पार्टी महामन्त्री राजाराम वर्तौलाका अनुसार दुई दिनसम्म बसेको पार्टीको बैठकले पार्टीको महाधिवेशन २०८० साल फागुनमा महाधिवेशन गर्ने गरी विभिन्न १३ बुँदे निर्णय समेत गरेको छ ।
बैठकले धर्म परिवर्तनको डढेलोमा नेपालको राष्ट्रिय पहिचान र एकताको आधारको रुपमा रहेको सनातन धर्म संस्कृति र परम्परा कमजोर बन्दै गइरहेकोप्रति बैठकले गम्भीर चिन्ता व्यक्त गरेको छ ।
पार्टीले आउँदो फागुन र चैत महिनामा धर्मनिरपेक्षताको खारेजी, सनातन हिन्दुराष्ट्र पुनस्र्थापना, प्रदेश तहको खारेजी तथा भ्रष्टाचारको विरुद्धमा देशव्यापी जनसङघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने निर्णयसमेत गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । पार्टीद्वारा जारी विज्ञप्ति: