काठमाडौं — प्रतिनिधिसभाको बैठक सुरु भएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा अहिले दिउँसो १ बजेदेखि बैठक प्रारम्भ भएको हो ।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभाको बैठक सञ्चालन गर्न यस अघि तोकिएका सदस्यहरुको नाम हेरफेर गर्नुहुने छ । त्यस्तै, नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवम् शुभकामना प्रदान गरिने कार्यसूची छ ।