काठमाडौं – नागरिक उड्डयन प्राधिकरण (क्यान)ले नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्नेक्रममा त्यहाँको एयर ट्राफिक कन्ट्रोल (एटीसी)को इन्स्ट्रक्सन नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले निर्देशन दिएको हो ।
गत शुक्रबार नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा एटिसीको निर्देशन नमानेपछि नागरिक उड्डयन प्राधिकरणले तीन पाइलटलाई कारबाही गर्न एयरलाइन्सलाई सिफारिस गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।
पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो । यसबारे थप प्रक्रिया वायु सेवा निगमले अगाडि बढाउने प्रवक्ता निरौलाले जानकारी दिनुभयो ।