काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच बधाई आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

रावल गत पुस २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । उहाँलाई नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन गरेका थिए ।