काठमाडौं – नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज शपथग्रहण गर्दै हुनुहुन्छ । संसद सचिवालयले जनाए अनुसार रानाले आज साँझ ५ बजे शपथ ग्रहण गर्ने हुनुभएको हो ।
राष्ट्रिय स्वतन्त पार्टीबाट प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित हुनुभएकी नवनिर्वाचित रानामगरको पक्षमा १ सय ६६ मत र विपक्षमा ९७ मत परेको थियो।

झापा अर्जुनधाराकी रानामगर समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिनुभएको थियो ।