काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले आगामी आइतबार अर्थात् माघ १५ गते केन्द्रिय समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थिति तथा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग एकीकरणका बारेमा छलफल गर्नका लागि केन्द्रिय समिति बैठक बोलाइएको हो ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङका अनुसार आगामी बुधबार अर्थात् माघ गते ११ स्थायी समिति बैठक बस्ने भएको छ । सो बैठकमा दुवै पार्टीका कार्यदलले तयार पारेको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरी केन्द्रीय समितिबाट अनुमोदन गरिनेछ ।

जसका लागि हिजो शनिवार दुवै पार्टीको कार्यदलको बैठक बसेको थियो । सो बैठकपछि दुवै पक्ष पार्टी एकता गर्न मञ्जुर भएको बताइएको छ ।