काठमाडौं —उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माबीच बजेट विनियोजनबारे छलफल भएको छ । उहाँहरुबीचको छलफलमा मन्त्री शर्माले स्वास्थ्य र विकास निर्माणमा बजेट विनियोजन गर्न माग गर्नुभएको हो । आज आइतबार अर्थमन्त्री पौडेल निवासमा भएको छलफलमा मन्त्री शर्माले दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाई सञ्चालन गर्न बजेट माग गर्नुभएको छ ।
यस्तै शर्माले दाङको घोराही तुलसीपुर सडक खण्डको फोरलेन सडक र दाङको टरिगाउँ एयर्पोटमा ७२ सिटे जहाज चल्ने व्यवस्था गर्न माग गर्नुभएको छ भने दाङ खण्डकै हुलाकी राजमार्ग छिटो बन्नुपर्नेमा मन्त्री पौडेलको ध्यानाकर्षण गराउनुभएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति विकास लामिछाने, रजिस्टार प्रकाश थापा, माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हेमराज शर्माको आग्रहमा मन्त्री शर्माले अर्थ मन्त्रीलाई भेटेर बजेट माग गर्नुभएको छ ।