काठमाडौं — हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आजको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहको मौसमविद्ले जानकारी दिएका छन् । आज राति भने बागमती प्रदेश र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू–भागमा आंशिक बदली हुने सम्भावना रहेको छ । अन्य भू–भागको मौसम सफा रहनेछ ।

भोलि सोमबार भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका थोरै स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।

मङ्गलबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।