फाइल तस्वीर
काठमाडौं – नयाँ राष्ट्रपति सत्ता गठबन्धनकै उम्मेदवार हुने खुलासा भएको छ । पूर्वअर्थमन्त्री एव्म नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले यस्तो खुलासा गर्नुभएको हो ।

संसद् भवन प्राङ्गणमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिने क्रममा सत्ता गठबन्धनबाट जसरी प्रतिनिधिसभाको सभामुख र उपसभामुख चयन गरियो त्यसरी नै राष्ट्रपति पनि सोही आधारमा निर्वाचित हुने दावी गर्नुभएको छ । माओवादी केन्द्रका उपमहासचिवसमेत रहनु भएका सांसद् शर्माले सञ्चारकर्मीको जिज्ञासा मेट्दै ‘सभामुख, उपसभामुख चयन भइसक्यो । केही दिनमा एजेन्डामा प्रवेश अुन्छ अनि छलफल हुन्छ । अहिले गठबन्धनबाटै उम्मेदवार बन्ने स्पष्ट छ’ — भन्नुभयो ।

नेपाली काङ्ग्रेसले सरकारलाई समर्थन गरेको हुँदा राष्ट्रपतिमा काङ्ग्रेसलाई सघाउने हो की भन्ने सञ्चारकर्मीको प्रश्नको उत्तरदिंदै माओवादी केन्द्रका सांसद शर्माले प्रतिपक्षले पनि सरकारलाई जसरी नै राष्ट्रपतिमा पनि सघाउने अपेक्षा रहेको बताउनु भयो । सांसद् शर्माले दावीका साथ भन्नुभयो— ‘उहाँहरूको अपेक्षा थाहा भएन । जसरी सरकार बनेको छ, प्रतिपक्षी पनि सहभागी भए राम्रो । नभए पनि राष्ट्रपति वर्तमान गठबन्धनको हुन्छ ।’

माओवादी केन्द्रका सांसद् शर्माले अब गठबन्धन बनाउने र फुटाउने खेलमा लाग्न नहुने भन्दै नयाँ गठबन्धन बनाउने खेलमा लाग्न नहुने भनाइ थियो ।