काठमाडौं– उपसभामुख पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार उपसभामुखमा दुई जनाको मात्र उम्मेदवारी परेको हो ।
सत्तारूढ गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँको उम्मेदवारीको प्रस्तावकमा रास्वपाकी सोविता गौतम रहनुभएको छ । साथै समर्थकमा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन हुनुहुन्छ ।
यस्तै नेपाली काङ्ग्रेसबाट मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । उहाँको प्रस्तावकमा काङ्ग्रेसका बद्रीप्रसाद पाण्डे प्रस्तावक र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र एकीकृत समाजवादीका मेटमणि चौधरी रहनुभएको छ ।