काठमाडौं — नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि मौसममा बदली भएको छ ।

आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ भने लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान माशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईका एक–दुई स्थानमा हुस्सु÷कुहिरो लागेको छ । बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ ।

आज दिउँसो भने सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भागमा हिमपात र वर्षाको सम्भावना रहेको छ । हिमपात गण्डकीको उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हुने महाशाखाले जनाएको छ । राति पनि हिमपातको सम्भावना हरेको छ ।

महाशाखाका अनुसार शनिबार पनि कर्णाली र सुदूरका केही ठाउँमा हिमपात भए पनि बाँकी भू–भागमा आंशिक बदली वा मौसम सफा रहनेछ । आइतबार भने सामान्य बदली भए पनि हिमपात र वर्षाको सम्भावना देखिएको छैन ।