काठमाडौं – प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका लागि आज उमेदवारी दर्ता हुँदैछ । संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको कार्यसूची रहेको छ ।

उपसभामुख चयनका लागि शनिबार बस्ने प्रतिनिधिसभाको बैठकमा निर्वाचन हुँदैछ । आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । उपसभामुख पदको लागि भोलि दिउँसो १ बजे संसद्मा चुनाव हुनेछ । सत्ता गठबन्धनले उपसभामुख राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई बनाउने तयारी गरेको छ ।

सभामुखमा सत्ता साझेदार दलका तर्फबाट एमालेका देवराज घिमिरे निर्वाचित भइसक्नुभएको छ । संविधानअनुसार सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने व्यवस्था छ ।