फाइल तस्वीर
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले राष्ट्रपति पदको निर्वाचनमा आफ्नो पार्टीले उम्मेदवारी दिने बताउनु भएको छ । यसै महिनाको अन्तिम साता हुने राष्ट्रपतिका लागि हुने निर्वाचनमा एमालेले आफ्नो दलको तर्फबाट उम्मेदवार उठाउने दावी गर्नुभए हो ।
पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले एमालेले उठाएको उम्मेदवारमै राष्ट्रिय सहमति हुनुपर्ने भन्दै सत्तारुढ दलहरुबीच आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार उठाउने सहमति भएको समेत जिकिर गर्नुभयो ।
प्रतिनिधिसभाको सभामुखमा झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित एमालेका सांसद् देवराज घिमिरे निर्वाचित भएलगत्तै पत्रकारहरुको प्रश्नको जवाफ दिंदै एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीले उठाउने राष्ट्रपतिको उम्मेदवारबारे पछि बताउने प्रतिक्रिया दिनुभयो । ‘राष्ट्रपतिमा एकदमै राष्ट्रिय सहमति हुनुपर्छ । नेकपा एमालेले उम्मेदवार उठाउँछ । हाम्रो सहमति त्यही हो । एमालेको राष्ट्रपतिको उम्मेदवार को हो भन्नेबारे पछि भनौँला’– अध्यक्ष ओलीले भन्नुभयो ।
सरकारलाई थितिमा बाँध्ने कुरालाई पिंजडा देख्नु अशुभको सङ्केत भन्दै एमाले अध्यक्ष ओलीले ‘नेपाली काङग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडाभित्र राख्न खोजेको टिप्पणीको जवाफ दिंदै यसअघिको गठबन्धन सरकारले काङ्ग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर अभ्यास गरेकाले त्यसलाई निरन्तरता दिनेक्रममा आफू पनि संयन्त्रको संयोजक हुन पुगेको उल्लेख गर्नुभयो ।