फाइल तस्वीर
काठमाडौं — नेपाली काङ्ग्रेसका सांसद् विमलेन्द्र निधिले प्रधानमन्त्रीलाई आफूहरुले विश्वासको मत दिएकोमा एमाले खुसी हुनुपर्ने बताउनु भएको छ । जारी प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् निधिले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
प्रतिनिधिसभाका सभामुख चयन गर्न बसेको बैठकमा भाग लिँदै सांसद् निधिले संसद् फेरि पनि विघटन हुने हो कि भन्ने चिन्ता लागेर प्रधानमन्त्रीलाई आफ्नो पार्टीले विश्वासको मत दिएको विकिर गर्नुभयो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बलयगाढामा चढेर अमेरिका पुगिदैन, सङ्घीय प्रणाली बाध्यताले स्वीकार गरेको जस्ता टिप्पणी गरेको स्मरण गर्दै ‘सङ्घीयता, गणतन्त्र त खतरामा पर्ने त होइन ?’ भनि प्रश्न गर्नुभयो ।
काङ्ग्रेस सांसद् निधिले ‘त्यस्तो नहोस् भनेर आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको, तर एमालेलाई किन चिन्ता लागेको हो’ भन्दै ‘आफूले प्रस्ताव गरेको प्रधानमन्त्रीलाई विपक्षीले मत दिँदा त खुसी व्यक्त गर्नु पर्ने हो, उहाँलाई दुःख लागेको छ । के भएको यो ?’ एमाले अध्यक्ष ओली प्रति कटाक्ष प्रकट गर्नुभयो ।