फाइल तस्वीर
काठमाडौं – सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको सङ्घीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक सुरु भएको हो ।
प्रतिनिधिसभााका जेष्ठ सदस्य ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।
जेष्ठ सदस्य राणाले त्यसपछि सभामुख पदको निर्वाचन प्रक्रिया प्रारम्भ भएको जानकारी गराउनु हुनेछ । प्रतिनिधिसभाले आज सभामुख चयन गर्दैछ । सभामुख पदका लागि दुई जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट नेकपा (एमाले)का सांसद देवराज घिमिरे र विपक्षी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसकी सांसद ईश्वरी न्यौपाने प्रत्यासी हुनुहुन्छ ।
सभामुख निर्वाचित हुनका लागि १३८ मतको आवश्यक पर्दछ । सत्तापक्षबाट सभामुखका उम्मेदवार बनाइनु भएका घिमिरेको पक्षमा बहुमत हुने देखिन्छ ।