फाइल तस्वीर
काठमाडौंं – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गर्नुभएको छ । किराती मन्त्रीमा नियुक्त हुनुभएको तेस्रो दिन उहाँ विमानस्थलको निरीक्षण गर्न जानुभएको हो ।
अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था पुग्न आज बिहीबार त्यहाँ पुग्नुभएका मन्त्री किरातीले सरसफाईदेखि र आगमन कक्ष तथा व्यवस्थापनको बारेमा निरीक्षण गर्नुभएको थियो । अनुगमनका क्रममा मन्त्री किरातीले विमानस्थलका आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिनुभएको विमानस्थल कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरले बताउनु भयो ।
मन्त्री किरातीले निरीक्षणका क्रममा विमानस्थलको आगमनतर्फ रहेका लिफ्ट र ट्रयाबलेटरको बारेमा जानकारी लिनुभएको थियो । लिफ्टमा कहिलेकाही यात्रुहरुले समस्या झेल्नु परेको गुनासोलाई दृष्टिगत गर्दै त्यहाँको लिफ्टमा ट्रली लैजान निषेध गरिएको छ । विमानस्थलका प्रमुख ठाकुरका अनुसार विमानस्थलको आगमनतर्फ लिफ्ट थप्न गर्नुपर्ने आवश्यक रहेको मन्त्री किरातीलाई समेत जानकारी गराउनु भएको छ ।
सुधारगर्न दिनुभएको निर्देशन अनुसार काम भए नभएर हेर्न मन्त्री किरातीले पुनःअनुगमनमा आउने बताउनुभएको प्रमुख ठाकुरले जानकारी दिनुभयो ।