फाइल तस्वीर
काठमाडौं — सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको सभामुख पदका लागि नेपाली काङ्ग्रेसले पनि उम्मेदवारी दर्ता गराएको छ । नेपाली काङ्ग्रेसकी सांसद् ईश्वरी न्यौपानेले उम्मेदवारी दर्ता गराउनु भएको हो ।

सरकार ईतर पक्षबाट काङ्ग्रेस सांसद्लाई समर्थन गरेपछि केहीबेर अघिमात्रै नयाँ बानेश्वरस्थित संसद्भवन पुगेर पौडेलले उम्मेदवारी दिनुभएको छ । सभामुखको प्रत्यासी बन्नुभएकी पौडेलको प्रस्तावकमा नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा र समर्थकमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका प्रमुख सचेतक प्रकाश ज्वाला रहनुभएको छ ।

सभामुखका लागि सत्ता गठबन्धनका तर्फबाट नेकपा (एमाले)का देवराज घिमिरेले उम्मेदवारी दिइसक्नु भएको छ । प्रतिनिधिसभाको सभामुखको निर्वाचन भोलि बस्ने संसद् बैठकमा हुनेछ ।