फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिनुभएका नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद् देवराज घिमिरेले आफू निर्वाचित भएमा सबैलाई समेटेर अघि बढ्ने बताउनु भएको छ । सभामुखको लागि उम्मेदवारी दर्ता गराउनु भएपछि पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै सांसद् घिमिरेले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
सत्ता गठबन्धनको तर्फबाट सभामुखमा उम्मेदवारी दिनुभएका सांसद् घिमिरे सभामुखमा निर्वाचित् हुने निश्चित् प्रायः छ । सांसद् घिमिरेले विगतमा सभामुखमाथि देशको कार्यकारीको छाँया भएको भन्ने आरोप लाग्दै आएकोमा आगामी दिनमा आफुमाथि यस्तो आरोप नलाग्ने गरी सभामुखको भूमिका निष्पक्ष र प्रभावकारी बताउने बताउनु भएको छ । पत्रकारहरुसँग कुरागर्दै सभामुखका प्रत्यासी घिमिरेले ‘हिजोका शिक्षाहरुबाट व्यवस्थित गर्दै यथार्थका आधारमा अघि बढ्ने हो । आरोप प्रत्यारोपबाट टाढै रहन्छु । प्रतिनिधिसभाबाट विजयी भएको अवस्थामा आफुले खेल्नुपर्ने भूमिकामा कुनै कमी हुन दिन्न’– उहाँले भन्नुभयो ।
एमालेका सुवासचन्द्र नेम्वाङ प्रस्तावक बन्नुभएको र समर्थक माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनउनलाई समर्थन रहनुभएको छ । सभामुखका नेपाली काङ्ग्रेसले सांसद् ईश्वरी न्यौपानेलाई उठाउने भएको छ । भोलि ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकले सभामुख निर्वाचित गर्नेछ ।