फाइल तस्वीर ।
काठमाडौं — नेपाली काङ्ग्रेसले सांसद् ईश्वरी न्यौपानेलाई सभामुख पदको उमेदवार बनाउने भएको छ । प्रतिनिधिसभाको सभामुख पदका लागि भोलि माघ ५ गते निर्वाचन हुने हुँदा काङ्ग्रेसले सांसद् न्यौपानेलाई सभामुखमा उठाउन लागेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा आज बुधबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको थियो । केन्द्रीय सदस्यसमेत रहेकी काङ्ग्रेस सांसद् न्यौपानेलाई सभामुख पदको उम्मेदवार बनाउन लागेको हो । यसको अन्तिम निर्णयभने काङ्ग्रेस संसदीय दलको आज २ बजे बस्ने बैठकले गर्नेछ ।
प्रतिनिधिसभाको सभामुखमा सत्ता गठबन्धनको तर्फबाट झापा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाल कम्युनिस्ट पार्टी एमालेका सांसद् देवराज घिमिरेलाई उम्मेदवार बनाएको छ ।
यसै विषयमा आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग पनि यस विषयमा छलफल गर्नुभएको थियो ।