काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ । राजदूत पोलिट प्रधानमन्त्री दाहालसँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटर पुग्नुभएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँहरुबीचको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको छ ।