काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख सचेतकमा सांसद ज्ञानेन्द्र शाहीलाई नियुक्त गरेको छ । संसदीय दलका नेता राजेन्द्रकुमार लिङ्देनले सांसद शाहीलाई संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गर्नुभएको हो ।
राप्रपाका अध्यक्ष एवम् संसदीय दलका नेता राजेन्द्रकुमार लिङ्देन सरकारको उपप्रधान तथा उर्जा मन्त्रीमा नियुक्त भए पछि शाहले संसदीय दलको प्रमुख जिम्मेवारी पाउनु भएको हो । उक्त पार्टीबाट सरकारमा तीन जना मन्त्री हुनुभएको छ ।