फाइल तस्वीर
काठमाडौं – नेपाली काङ्ग्रेसले सभामुख पदमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको काङ्ग्रेस पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी दिने÷नदिनेमा काङ्ग्रेसभित्र अन्योलता देखिएको थियो । सभामुखमा उम्मेदवारी नदिने र राष्ट्रपतिका लागि बार्गेनिङ प्वाइन्ट बनाउने सोचमा रहेको काङ्ग्रेसले उम्मेदवारी दिने निर्णय गरेको छ ।
पार्टीको तर्फबाट कसलाई सभामुखको उम्मेदवार बनाउने भन्ने अन्तिम निर्णयका लागि दउँसो २ बजे संसदीय दलको बैठक बस्ने र सो बैठकले उम्मेदवारको नाम टुङ्गो लगाई आज ४ बजेसम्ममा उम्मेदवारी दिने भएको छ ।