काठमाडौं — राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्रीहरु पशुपतिनाथ मन्दिर पुग्नुभएको छ ।
उपप्रधामन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंह पशुपति मन्दिर दर्शन गर्न जानुभएको हो ।
पशुपति मन्दिर दर्शनपछि सिंहदरबारमा आ—आफ्ना मन्त्रालयमा पदबहाली गर्ने कार्यक्रम रहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।