काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुङ्गो लगाएर प्रधानमन्त्री प्रचण्डलाई बुझाइसकेका छन् । नवनियुक्त मन्त्रीहरुले केही बेरमा राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ ।
गए राति सकिएको सत्ता साझेदार दलहरुको बैठकले एमालेलाई ८ मन्त्री र एक राज्यमन्त्री, माओवादीलाई ४ मन्त्री र एक राज्यमन्त्री, रास्वपालाई तीन मन्त्री र एक राज्यमन्त्री, राप्रपालाई तीन मन्त्री र एक राज्यमन्त्री दिने गरि सहमति भएको हो ।

भागबण्डा अनुसार एमालेले परराष्ट्र, स्वास्थ्य, रक्षा, कृषि, भूमि व्यवस्था र महिला मन्त्रालय पाउने भएको छ भने माओवादी केन्द्रले सूचना तथा सञ्चार, भौतिक पूर्वाधार, संघीय मामिला र पर्यटन मन्त्रालय पाउने भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह, शिक्षा र श्रम मन्त्रालय पाउने भएको छ भने राप्रपाले उपप्रधानमन्त्रीसहित ऊर्जा, शहरी विकास र खेलकुद मन्त्रालय पाउने भएको छ ।

प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा बनेको प्रस्तावित मन्त्रिपरिषद् यस्तो छ :

प्रधानमन्त्रीः पुष्पकमल दाहाल

उपप्रधानमन्त्रीहरु ः

विष्णुप्रसाद पौडेल–अर्थ

नारायणकाजी श्रेष्ठ– भौतिक पुर्वाधार

रवि लामिछाने– गृह

राजेन्द्र लिङदेन, ऊर्जा

मन्त्रीहरु ः

एमालेबाट

पदम गिरी, स्वास्थ्य

डा. विमला राई पौडेल, परराष्ट्र

हरि उप्रेती, रक्षा

ज्वालाकुमारी साह, कृषि

भगवती चौधरी,

दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

राजेन्द्र राई,

माओवादी केन्द्रबाट

रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधि

सुदन किराती, पर्यटन

अमनलाल मोदी, सामान्य प्रशासन

रास्वपाबाट

शिशिर खनाल, शिक्षा

डिपी अर्याल, श्रम तथा रोजगार

राप्रपाबाट

विक्रम पाण्डे, सहरी विकास

ध्रुव प्रधान, कानून

जनमतबाट

अब्दुल खान,

राज्यमन्त्रीहरु

डा तोसिमा कार्की, स्वास्थ्य

दीपकबहादुर सिंह, ऊर्जा

सुशीला श्रीपाली ः संस्कृति, पर्यटन तथा नागरिक उड्डडन