काठमाडौं — नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको छ । नेपालभर कम्पनीको मोबाइल सेवा अन्तर्गतका ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेडको फोन आज मध्यान्ह १२ बजेदेखि अवरुद्ध भएको हो ।

उपभोक्ताहरुले टिपाएको गुनासोअनुसार नेपाल टेलिकमका इन्टरनेट र एसएमस सेवासमेत अवरुद्ध भएको छ । सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमका उपभोक्ताहरु समस्यामा परेका छन् । टेलिकमको आधिकारिक वेबसाइटसमेत अवरुद्ध छ ।

टेलिकमले सेवा अवरूद्धबारे आधिकारिक जानकारी दिएको छैन ।