काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले आफू मन्त्री बन्न लागेको कुरा प्यारालाइसिसबाट पीडित बुबालाई सुनाएको अनुभब सामाजिक सञ्जालमा राख्नुभएको छ ।
माओवादीले किरातीलाई पर्यटन मन्त्री बनाउने निर्णय गरेको छ । उहाँले लेख्नुभएको छ ‘डाँडाको जुन घाम जस्तै बुवा संग कुराकानी गरे मेरो कुरा सुनेर बुवा भावुक हुनु भयो र राम्रो गर्न आर्शिबाद दिनुभयो ।’
उहाँले लेख्नुभएको छ–
म– बुवा म मन्त्री हुने भए छु।
बुवा – हँ! होइन कुन मन्त्री ? राम राम राम साँच्चै हो ? होइन यो सपना हो कि बिपना हो?
म – हो बुवा साँच्चै हो बिपना नै हो। (संस्कृति,पर्यटन तथा नागरिक उड्डयन)
बुवा– मन्त्री चाहि कसरी भइस? कसले गर्दा भइस्?
म – पहिलो त तपाईंहरूले जन्माउनु भयो, दोस्रो त मैले धेरै राजनीतिमा दुःख गरे, तेस्रो जनताले माया र भरोसा दियो, चौथो पार्टीले विश्वास ग¥यो।
बुवा– राम राम राम ! म उहिले फकल्यान्डको लडाइँमा मरेको भए यो दिन सुन्न र देख्न पाउँदिन थें!
म – म पनि जनयुद्धमा मरेको भएँ त्यस्तै त हो‘।
बुवा– हाम्रो वंशमा वडा अध्यक्षसम्म कोही भएनौं, राम्रो गर्नू।
म – पाउनु ठूलो कुरा होइन, काम गर्नु ठूलो कुरा हो। म मेहनेत गर्छु। आमाजी त पितृको देशमा हुनुहुन्छ आज हामी सँगै हुन पाएको भए‘।
बुवा– म गएपछि तेरो आमा सँग भेट हुन्छ नै होला म सबै भनिदिउँला। बुवा रूनु भो! म‘!
सम्झे!
बुवाले मलाई जेलमा भेट्न आउँदा पनि ऊ बेला धेरै रूनु भएको थियो। आज पनि उस्तै रूनुभयो तर प्रसंग बेग्ला बेग्लै थियो, आँशु भने उस्तै, आँशुको मुहान र भाव भने फरक ।
माओवादीले किरातीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भएको छ । उनले आज सपथ खाने कार्यक्रम छ ।