काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठकले मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । माओवादी केन्द्रले सरकारमा पठाउने चार मन्त्री र मन्त्रालयको नाम टुङ्गो लगाएको हो । एक राज्यमन्त्री पाएको माओवादी केन्द्रको राज्यमन्त्रीको भने टुङ्गो लगाउन बाँकी रहेको छ ।
भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र सङ्घीय मामिला तथा सामान्य प्रशासन माओवादीले पाएको छ । जसमा नारायणकाजी श्रेष्ठ यसअघि नै भौतिक पूर्वाधार मन्त्रीमा नियुक्त भइसक्नुभएको छ ।
त्यस्तै माओवादीले सञ्चारमन्त्रीमा रेखा शर्मा बनाउने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किरातीलाई बनाउने भएको छ । त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा अमनलाल मोदीलाई बनाउने भएको छ । राज्यमन्त्रीमा भने कसलाई पठाउने भन्ने टुङ्गो लगाउन बाँकी छ ।