काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठकमा सरकारमा पठाउने नेताहरुको नाम टुङ्गो लगाउने बिषयमा छलफल हुने भएको बताइएको छ ।

सत्ता साझेदार दलको सोमबार बसेको बैठकबाट माओवादीले सञ्चार, पर्यटन र सामान्य प्रशासन मन्त्रालय पाएको छ ।

यसअघि माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा भौतिक मन्त्री भइसक्नुभएको छ । अहिले जारी पदाधिकारी बैठकले बाँकी मन्त्रीहरुको नाम टुङ्गो लगाउने छ ।