फाइल तस्वीर
काठमाडौं — मन्त्रिपरिषद् विस्तारको विषयलाई लिएर मन्त्रालय भागवण्डा मिलाउन अहिले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको छ । बैठक केहीबेरमै बस्न लागेको सरकारका प्रवक्तासमेत रहनु भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिनुभएको हो
मन्त्रालयको भागवण्डा मिलाउन आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच करिब पाँच घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो । उक्त छलफलले सभामुख, उपसभामुखसहित मन्त्रालयको भागवण्डा मिलाइसकेको छ । सोही संवाद र सहमतिको आधारमा बैठक बोलाइएको प्रवक्ता पौडेलले बताउनु भयो ।
उपप्रधान तथा अर्थमन्त्री पौडेलले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने र आवश्यक सबै निर्णय गरी टुङ्गो लगाउने जानाकारी गराउनु भयो । सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा गठित संयन्त्रमा सत्तारूढ दलका अध्यक्षहरु सदस्य रहनुभएको छ । मन्त्रिपरिषद्ले भोली मङ्गलबार पूर्णता पाउने सम्भावना रहेको छ ।