काठमाडौं — राष्ट्रिय विपद्,जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले विमान दुर्घटनामा परी निधन भएका परिवारका सदस्यहरूलाई शव व्यवस्थापनमा सहजीकरण गर्ने निर्णय गरेको छ । आज सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले विमान दुर्घटनामा परेर निधन भएकाहरूको बीमाको पाटोमा कुनै समस्या नरहेको बताउनुभयो । उहाँले बैठकमा शवहरूको पोस्टमार्टम कार्यलाई चुस्त बनाउने र चाँडै नै विदेशी शवहरूलाई पनि आफन्तलाई जिम्मा लगाएर पठाउने तयारीका बारेमा छलफल भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सबैको सद्गती भइसकेपछि प्रमाणहरू लिएर सबैको बीमाको पाटोमा समस्या छैन । त्योदेखि बाहेक कसरी यसलाई स्मुथ बनाउने, आफन्तहरू पीडामा हुनुहुन्छ, उहाँहरूलाई कसरी सहजीकरण गर्ने भन्ने बारेमा सरकारका विभिन्न निकायहरूले के सहयोग पु¥याउनुपर्छ भन्ने बारेमा छलफल भयो र त्यही निर्णय भयो । विदेशी बडीहरू पनि कलेक्शन गर्नुप¥यो । ल्याएर त्यसको पोष्टमार्टम गर्नुप¥यो । त्यसलाई विदेश पठाउने व्यवस्था गर्नुप¥यो । कसरी त्यसलाई सहजीकरण गर्ने तिनै कुराहरू भयो ।’

बैठकमा गृह मन्त्रालयसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरण, सुरक्षा निकायका प्रमुखहरू लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।