फाइल तस्वीर
काठमाडौं — खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरु बन्द भएका छन् । भिजिबिलिटी कम हुँदा देशभरका कुनैपनि विमाानस्थल खुल्न नसकी आन्तरिक तर्फका सबै विमान उडान प्रभावित भएको हो ।


काठमाडौं विमानस्थल कार्यालयका अनुसार भिजिबिलिटी कम भएका कारण उडान प्रभावित भएको हो । भिजिबिलिटी कम भएपछि काठमाडौंमा भने आएफआर प्रविधिबाट उडान सुरु भएको छ । यसले गर्दा अन्तर्राष्ट्रिय उडान–अवतरण भने रोकिएको छैन ।