काठमाडौं — सरकारले आज राष्ट्रिय शोक बिदा दिएको छ । आइतबार बिहान १०ः३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित ७२ जना सवार यती एयरलाइन्सको एटीआर विमान दुर्घटना भएकोमा सरकारले आज सोमबारका दिन अत्यावश्यक सेवाबाहेक नेपाल अधिराज्यभर शोक बिदा दिएको हो ।
मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाइने गृह मन्त्रालयले जनाएको छ । सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले घटनाप्रति दुःख व्यक्त गरेको बताउनुभएको छ ।