काठमाडौं — नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने महाशहाखाले बिहान ६ बजे जारी गरेको सूचनामा उल्लेख छ । मौसमविद्का अनुसार देशका उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । देशको उच्च पहाडी तथा हिमाली पहाडी भू–भागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।