कास्की — पोखरामा आज आइतबार बिहान भएको यती एयरलायन्सको एटिआर विमान दुर्घटनामा परी मृत्यु भएका यात्रुहरु सबैको शव सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भएको छ । उक्त कुराको जानकारी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले गराउनु भएको हो ।

मृतकहरूको प्राप्त सबै शव गण्डकी हस्पिटलमा लगिएको छ । चार वटा शव पनि भेटिएको तर खोचमा रहेकाले निकाल्न कठिन भैरहेको सुरक्षा निकायले बताएको छ । प्रतिष्ठानका निर्देशक डा.खत्रीका अनुसार सबै सङ्कलन भएपछि मात्रै पहिचान गर्न थालिने भन्दै अहिलेसम्म ३१ वटा शव अस्पताल लगिसकिएको छ ।

दुर्घटनाग्रस्त जहाजमा यात्रारतमध्ये हालसम्म ६८ जनाको शव सेती खोँचबाट निकालिएको छ । दुर्घटनास्थलको भौगोलिक बनोट खोँच भएको कारण बाँकी चारबाट नेपाली सेनाको गोताखोरको सहयोगमा त्यहाँ अड्किएका शवहरु क्रेनको प्रयोग गरी निकाल्ने प्रयास भइरहेको छ ।