पोखरा – बिहान दुर्घटना भएको यती एयरलाइन्सको विमानमा यात्रा गरेका यात्रुहरुमध्ये २४ वटा शवलाई पोस्ट मार्टमका लागि कास्कीको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।
विमान दुर्घटनास्थलमा खटिनुभएका कास्की जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले आफ्नो छेउबाटै १३ वटा शव निकालिएको बताउनु भयो । दुर्घटनामा परेको विमानका पाइलट कमल केसी र को—पाइलट अन्जु खतिवडा रहेको बताइएको छ ।
उद्दार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय जनसमुदायको ठूलो भीड लागेका छ । दुर्घटनामा परेको विमान क्षतविक्षत अवस्थामा रहेको र अन्य विस्तृत विवरण आउन बाँकी रहेको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।