पोखरा – आज बिहान दुर्घटना भएको यति एयरलाइन्सको विमानमा यात्रा गर्ने यात्रुहरुको विवरण सार्वजनिक भएको छ । चालक दलका चार सदस्य उक्त विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो ।

काठमाडौंबाट पोखरा विमानस्थलमा उडेको जहाज नयाँ विमानस्थलन अवतरण गर्नेपर्नेमा पुरानो विमानस्थल तर्फ मोडिएको बताइएको छ । विमान किन पुरानो विमानस्थल तर्फ गयो भन्ने बारेमा बाहिर आएको छैन ।

उक्त विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको छ । दुर्घटनापछि कास्कीका प्रजिअ टेकबहादुर केसीले उद्धार कार्य जारी रहेको र हालसम्म कसैलाई जीवित भेट्न नसकिएको बताउनु भएको छ ।

दुर्घटनामा परेको विमानमा दनदनी आगोको मुस्लो निस्केको र दुर्घटना खोचमा भएकोले सबै चालक दल र यात्रुहरु बाँच्न सक्ने सम्भावना न्यून रहेको बताइएको छ ।

उक्त विमानमा यात्रा गर्ने यात्रुहरुको नामावली

yatru
yatru-2
yatru-3