फाइल तस्वीर
काठमाडौ — काठमाडौंबाट बिहान १०:५ बजे यात्रु बोकेर पोखराका लागि उडेको यति एयरलाइन्सको एएनसी एटीआर ७२ विमान दुर्घटना भए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनु भएको छ । अत्यन्त दुखद् र त्रासदीपूर्ण उक्त विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको हो ।

दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डले तत्काल प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिनुभएको छ । दुर्घटनाको विस्तृत विवरण बुझ्न प्रधानमन्त्री प्रचण्ड स्वयम् त्रिभुवन विमानस्थल पुग्नुभएको बताइएको छ । यती एयरलाइन्सको उक्त विमान के कारणले दुुर्घटना भएको हो सो बारेमा अहिलेसम्म कुनै जानकारी खुलाइएको छैन ।