पोखरा – काठमाडौं विमानस्थलबाट पोखराको लागि उडेको यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । बिहान १०:५ बजे पोखराको लागि उडेको विमान अवतरण गर्र्ने समयमा १०:५० बजे पोखरा महानगरपालिका–१५ सितारामपुल नजिकै जहाज सेती नदीको खोँचमा खसेर दुर्घटना भएको हो ।
चालक दलका चार सदस्यहित ६८ जना यात्रु लिएर उडेको विमान दुर्घटना पर्दा ठूलो मानवीय क्षति हुन गएको छ । जहाजमा आगो दन्किएको छ । खोजमा दुर्घटना भएका कारण उद्धार टोलीलाई त्यहाँ पुग्न समस्यमा भैरहेको छ । उद्धारमा नेपाल आर्मी, नेपाल प्रहरी र स्थानीय उद्धारमा खटिएका छन् ।