फाइल तस्वीर
काठमाडौं — राष्ट्रपति विद्यादेवी भण्डारी सुनसरी जिल्ला जाँदै हुनुहुन्छ । मकर सङ्क्रान्तिका अवसरमा पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्रको धार्मिक यात्राका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ जान लाग्नु भएको हो ।
आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लाग्नु राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति भण्डारी काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत् बराह क्षेत्र पुग्नुहुने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि जाने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।