फाइल तस्वीर


काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आज भेटवार्ता भएको छ । अध्यक्ष नेपाल र वरिष्ठ नेता पौडेलबीच एकीकृत समाजवादीको पार्टी कार्यालयमा भेटघाट भएको हो ।

अध्यक्ष नेपाललाई भेट्न नेपा पौडेल एकीकृत समाजवादीको पार्टी कार्यालयमा जानुभएको थियो । पार्टी अध्यक्ष नेपाल र काङ्ग्रेसका वरियठ नेता पौडेलबीच करि आघा घण्टा देशको समसामयिक विषयमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

नेपाली काङ्ग्रेसका नेताहरूले प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति चुनावलाई लक्षित गर्दै राजनीतिक भेटघाटलाई तिव्रता दिन थालेको छ । राष्ट्रपति चुनावलाई लक्षित गरेर प्रधामन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएको पनि नेताहरूले खुलाएका छन् । वरिष्ठ नेता पौडेलले गठबन्धन तोड्नुमा पार्टी सभापति शेरबहादुर देउवालाई दोस दिंदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई धोका भएको बताउनु भएको थियो ।

नेपाली काङ्ग्रेसले पाँच दलीय गठबन्धनबाट प्रधानमन्त्री दाहाललाई प्रधानमन्त्री दिएको भए नेपाली काङ्ग्रेसको पोल्टामा राष्ट्रपति र सभामुखलगायत प्रदेश सरकारमा समेत आफ्नो पकड राख्ने अवस्था थियो । काङ्ग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर राष्ट्रपतिमा आफुलाई सहयोग गर्न पहल गरिरहेको छ ।

आज भएको भेटमा काङ्ग्रेस वरिष्ठ नेता पौडेलले एकीकृत समाजवादीसँग प्रतिनिधिसभाको सभामुख र राष्ट्रपति निर्वाचनको विषयमा छलफल भएको बताइएको छ ।