फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी(एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीबीच आज शनिबार बिहान भेटवार्ता भएको छ । मन्त्रिपरिषद् विस्तार र प्रतिनिधिसभाका लागि सभामुखको निर्वाचनका सन्दर्भमा दुई शीर्ष नेताहरुबीच छलफल हो ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच प्रदेश सरकारलाई पूर्णता दिने सम्बन्धमा पनि छलफलभएको बताइएको छ ।
प्रमुख सत्ता साझेदार दलहरुबीच भागबण्डामा सहमति जुट्न नसक्दा मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । त्यसैगरी सभामुख र राष्ट्रपति जस्ता पदमा नेपाली काङग्रेसले पनि दावी गर्दा गठबन्धनमा संशय पैदा भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रचण्डलाई तात्कालीन पाँच दलीय गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्री दिन नमानेपछि प्रचण्ड एमाले अध्यक्ष ओलीसँग छलफल भएपच्यात् माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीसहित सात दलको समर्थनमा पुष १० गते प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्री बनेपछि प्रचण्डले प्रतिनिधिसभाको बैठकबाट पुष २६ गते विश्वासको मत प्राप्त गर्दा पछि उहाँलाई नेपाली काङ्गेसले समेत समर्थन जनाएको थियो । नेपाली काङ्ग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिन नमानेपछि तोडिएको गठबन्धन र नयाँ गठबन्धनबाट प्रधानमन्त्री बन्नु भएका प्रचण्डलाई काङ्ग्रेसले विश्वासको मत दिनुलाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिंदै आएको छ ।
नेपाली काङ्ग्रेसले प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको मत दिएर सङ्घीय संसद्को सभामुख र राष्ट्रपतिका लागि बार्गेनिङ गर्ने जाल फालेको विश्लेषण गरिएको छ । सरकारलाई काङ्ग्रेसले दिएको विश्वासको मलबाट नेकपा माओवादी केन्द्र र एमालेबीच विभिन्न आशङ्का उत्पन्न गराउने र सत्ता गठबन्धनमा धमिरा लगाउन खोजेको आशङ्का पनि गरिएको छ ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच यसबारेमा पनि निकै छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले यसभित्र कुनै रहस्य नरहेको भन्दै बालकोट पुगेर ओलीलाई विश्वस्त पार्नुभएको थिया् ।