फाइल तस्वीर

काठमाडौं — नाबालिग बलात्कार प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई उच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । उच्च अदालत पाटनले जिल्लाको आदेश उल्ट्याउँदै आज बिहीबार उनलाई २० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको हो । उच्च अदालतका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनका कानुन व्यवसायी सरोज घिमिरेका अनुसार आज सबै प्रक्रिया पूरा गर्न नसकिएकाले उनी थुनामै रहने र भोलि मात्र थुनामुक्त हुने भएका छन् । नाबालिग बलात्कार मुद्दामा सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । सो आदेशविरुद्ध उनी उच्च अदालत पुगेका थिए ।

अदालतको आदेशपछि सञ्चारकर्मीसँग कुरा गर्दै अधिवक्ता सरोजकृष्ण घिमिरेले अदालतले २० लाख धरौटीमा छोड्न आदेश दिएको र भोलि शुक्रवार धरौटी राखेर निस्किने बताउनुभयो । उहाँले भन्नुभयो, ‘२० लाख धरौटीमा छोड्ने आदेश दिएको छ । भोलि हामी धरौटी राखेर निकाल्छौँ । प्रहरीले गत असोज २० गते त्रिभुवन विमानस्थलबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । नाबालिगमाथि बलात्कार गरेको आरोपमा लामिछाने गत असोज २० गते पक्राउ परेका थिए ।

उच्चले जिल्लाको आदेश उल्ट्याउँदै थुनामुक्त गर्न आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी उच्च अदालत पुगेका थिए । उच्चले थुनामुक्त गर्न आदेश दिए पनि उनलाई विदेश भ्रमणमा भने रोक लगाएको छ । जिल्ला अदालतमा विचाराधीन रहेको बलात्कार मुद्दा अब उनी जेल बाहिर बसेर लड्नेछन् ।

आदेशकाे पूर्णपाठ :