फाइल तस्वीर साङ्केतिक तस्वीर


काठमा— गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात् केन्द्रदेखि प्रदेशसभामा सरकार गठनको भएको छ । तर सङ्घीय सरकारदेखि प्रदेशसरकारको मन्त्रिपरिषद्ले पूर्णता भने पाउन सकेको छैन । आज बिहीबारसम्ममा सबै सातै प्रदेशमा मुख्यमन्त्रीले नियुक्ति सकिने र विश्वासको मत लिने प्रक्रिया सुरु हुने भएको छ ।

सात वटै प्रदेशको मुख्यमन्त्रीमा सत्तारुढ दल नेकपा एमालेबाट चार जना र मोआवाद केन्द्रबाट दुई जना र जनता समाजवादी पार्टीबाट एक जना नियुक्त भएका छन् । नेकपा एमालेको तर्फबाट प्रदेश एकमा हिक्मतकुमार कार्की, गण्डकी प्रदेशमा खगराज अधिकारी, लुम्बिनी प्रदेशमा लिला गिरी र सुदूरपश्चिम प्रदेशमा राजेन्द्रसिंह रावल मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

यसैगरी माओवादी केन्द्रको तर्फबाट बागमती र कर्णाली प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त हुँदा मधेस प्रदेशमा जनता समाजवादी पार्टी नेपालले मुख्यमन्त्री पाएको छ ।

नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको बहुमत सदस्यको समर्थनसहित दाबी प्रस्तुत गर्नुभई सातै जना नेताहरू मुख्यमन्त्री बन्नुभएको हो ।

सत्तागठबन्धनका सात दलमध्ये तीन दलले मात्रै मुख्यमन्त्री पाएका छन् । सात दलीय सत्ता गठबन्धनका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी केन्द्र (जसपा), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीले संयुक्त रूपमा बहुमत दावीसहित केन्द्रदेखि प्रदेशमा मन्त्रिपरिषद् गठन हुनेछ । प्रदेश खारेज हुनुपर्ने माग लिएर निर्वाचनमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टीले कुनैपनि प्रदेशमा उम्मेदवारी नदिएका कारण प्रदेश सरकारमा उक्त पार्टीको सहभागिता हुनेछैन ।