काठमाडौं — जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा चलिरहेका सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ । जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध लामिछानेले दिएको निवेदनमा आज सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ । यसअघि तीनपटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन । दुईपटक सन्दीपको कानुन व्यवसायीको तर्फबाट सुनुवाई स्थगित भइसकेको छ । अब कानुन व्यवसायीको तर्फबाट भने पेसी स्थगित गर्न मिल्ने छैन । इजलासबाट सुनुवाइ हेर्न नभ्याइएको खण्डमा फेरी पनि पेसी स्थगित हुन सक्छ ।