काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालसँगको भेटवार्ताका लागि मुख्यमन्त्री जम्मकट्टेल आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएको हो ।

उहाँहरुबीच भेटका क्रममा प्रधानमन्त्री दाहाल र मुख्यमन्त्री जम्मकट्टेलबीच बधाई तथा शुभकामना आदानप्रदान भएको थियो ।